हेटौंडामा स्थानीय तह शहिद स्मृति गोल्डकप राष्ट्रिय फुटबल हुँदै

जनपत्र
१० फाल्गुन २०७७, सोमबार १७:३४

हेटौंडा । मकवानपुरका स्थानीय सरकारको सहयोगमा राष्ट्रिय फुटबल प्रतियोगिता हेटौंडामा हुने भएको छ । यही फागुन २७ गते देखि चैत ७ गते सम्म फुटबल प्रतियोगिता गर्न लागिएको हो ।

स्थानीय तह शहिद स्मृती मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करण हुने भएको हो । मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मोलन गरी प्रतियोगिता यही फागुन २७ गते देखी शुरु हुने जानकारी दिएको हो ।

दश वर्ष अघिबाट हेटौंडामा प्रारम्भ भएको शहीद स्मृति गोल्डकप प्रतियोगिता फागुनको आन्तिम साताबाट हेटौंडामा सुरु हुने भएको छ । २०६२/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको तेश्रो संस्करण फागुन २७ बाट चैत्र ७ गतेसम्म सञ्चालन हुने भएको छ ।

विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्षबाट जिल्लाका १० वटा स्थानीय निकायले सहयोग गरेका छन् । स्थानीय तहको सहयोगबाट प्रतियोगिता सञ्चालनको तयारी थालेको मकवानपुर फुटबल संघले यस वर्षबाट खेललाई ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरेको प्रतियोगिताका संयोजक प्रताप बिष्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालका ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहने कार्यक्रम संयोजक प्रताप विष्ठले जानकारी दिनुभयो । प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नंम्बर–१० मा रहेको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुनेछ ।

प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडी नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कृत गरिने भएको छ। नकआउटका आधारमा हुने प्रतियोगिता चैत ७ गते सम्म चल्नेछ।

जिल्लाका १० वटै स्थानीय सरकारको आर्थिक सहयोगमा हुने प्रतियोगिताको अनुमानित लागत ९४ लाख ४० हजार ५ सय रहेको प्रतियोगिताका संयोजक बिष्टले जानकारी दिनुभयो ।

यसअघि एन्फा क्यालेन्टर अनुसार प्रतियोगिता गर्न सक्दा पछाडी सार्दा कोरोना भाइरसको संक्रमण कारण प्रतियोगिता स्थगित हुन पुगेको थियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो ।

पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*