नेकपा प्रचण्ड–माधब समुह मकवानपुरको अध्यक्षमा सिग्देल

जनपत्र
१० फाल्गुन २०७७, सोमबार १७:०७

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) प्रचण्ड–माधब समुह मकवानपुरको अध्यक्षमा मुनु सिग्देल चयन हुनु भएको छ । नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व टुंगाएको हो।

यो संगै प्रचण्ड(नेपाल समूहको मकवानपुर अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम बहादुर पुलामी चयन भएका छन्। सहमति अनुसार ३५ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमालेका नेपाल समूहले नेतृत्व पाएको छ।

फागुन १ र २ मा बसेको स्थायी कमिटी बैठकले जिल्ला अध्यक्ष र सचिवको नाम टुंगो लगाउने जिम्मा सचिवालयलाई दिएको थियो । त्यसैअनुसार फागुन ७ गते संगठनात्मक एकतासम्बन्धी आठ बुँदे मापदण्ड एवं आधार तयार पारेको थियो । सामान्यतया पार्टी कमिटी तथा जनवर्गिय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा ५०,५० प्रतिशत हुनेगरी मापदण्ड बनाएको थियो ।

त्यसैअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा फागुन ७ मा जारी परिपत्रमा ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएका हुन् ।

बाँकी जिल्ला र अन्य पदाधिकारी भने अदालतको फैसलापछि टुंगो लगाउने तयारी यो समूहले गरेको छ । नेकपा विभाजनपछि ओली समूहमा लागेका नेताका पद अहिले रिक्त थिए। यसअघि दाहाल नेपाल समूहले पार्टी विभाजनलगत्तै प्रदेश इन्चार्ज भने तोकिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*