हेटौंडा बजारको मुल सडक साघुरो, भित्री सडकहरु फराकिलो बनाइदै

जनपत्र
१० फाल्गुन २०७७, सोमबार ०८:०६

हेटौंडा । हेटौंडा बजार क्षेत्रमा पर्ने पुर्व पस्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिलोकपथ सडकमा सवारी चापका कारण निकै साघुरो बन्दै गएको छ । दुर्घटना पनि त्यतीकै बढेका छन् । संघीय सरकार अन्तरगत पर्ने राजमार्ग डिभीजन सडक कार्यालयले मात्र फराकिलो पार्न सक्छ । तर, हेटौंडाका भित्री सडक स्थानीय सरकार मातहत भएकाले धमाधम फराकिलो पार्ने अधियान निरन्तर चलेको मेयर हरिबहादुर महतले वताउनुभयो ।

बजार क्षेत्रको राजमार्गको सडक फराकिलो वनाउनका लागि प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्दा पनि भत्काउनका लागि अनुमती नदिएकाले मुल सडक फराकिलो वनाउन समस्या भएको उहाँले वताउनुभयो । हेटौंडा बजार आसपास क्षेत्रका भित्री सडक मापदण्डभित्र परेका संरचना भने भत्काउँदै सडक फराकिलो र सुन्दर बनाउने काम भएको मेयर महतले वताउनुभयो ।

हेटौंडाको हुप्रचौर, कमलडाँडा, सिद्धार्थ रोड, मनकामनाचोक लगायतका क्षेत्रका एक दर्जन सडक फराकिलो वनाउँदै पेटी र पेटीमा फूल रोप्ने अभियान जारी राखिएको छ । राजमागहेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रका साघुरा सडकलाई फराकिलो वनाउने अभियान जारी राखेको छ । बजारका साघुरा सडकमा पेटी सहित सुन्दर निर्माण गर्ने, फूलै फूलको बगैचा निर्माण गर्ने र ठुला सवारीका साधन समेत हरेक सडकबाट गुढ्न सकोस भन्ने उदेस्यले सडक फराकिलो वनाउने अभियान सुरु गरिएको मेयर हरि बहादुर महतले वताउनुभयो ।

सडकलाई फराकिलो वनाउने अभियानमा नगरवासीहरुले साथ दिएका छन् । आफ्ना घरका कम्पाउन्ड भत्काएर सार्ने गरेका छन् । सडकमा कसैले फराकिलो वनाउने अभियानमा बाधा पु¥याउने काम गर्दा उपमहानगरपालिकाले डोजर चलाउने गरेको छ । यही सिलसिलामा हेटौंडा ४ फरेष्टि क्याम्पस अगाडीको बुद्धपथ सडक फराकिलो वनाउने काममा अवरोध गरेपछी ओम आयलको भवनका ५ वटा सटर डोजल लगाएर भत्काइएको छ ।

सडक संरचानाको मापदण्ड मिचेर बनाइएका घरलाई भत्काइएको मेयर महतले वताउनुभयो । तिर्थ प्रधान र शशी प्रधानको नाममा रहेको घरका ५ वटा सटर प्रहरीको सहयोगमा भत्काइएको हो । सडक फराकिलो वनाउने अभियानमा सबैजसो क्षेत्रमा अफ्ना पुराना घरहरु भत्काउने, कम्पाउन्ड भत्काएर सार्ने गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*