विश्वकै नमुना अस्पताल पानीजहाजको परीक्षण सफल

विश्वकै नमुना अस्पताल पानीजहाजको परीक्षण सफल भएको छ। एक अमेरिकी पानीजहाज मालिकका लागि चिनियाँ कम्पनीले बनाएके अत्याधुनिक अस्पताल जहाजले चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको हो।
१७४ मिटर लम्बाइ र २८।६ मिटर चौडाइको जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधासम्पन्न अस्पतालसहितको पानीजहाज हो। जहाजभित्र २७७ वार्ड तथा ६४१ शैया रहेको तियानजिङ सिङाङ जहाज निर्माण कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार जहाजभित्र पाँचतारे होटल र सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवा उपलब्ध छन्। एजेन्सी