नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला !

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ९अहिराज० लाई जनकपुरमा एक सय एक किलोको माला लगाएर स्वागत गरिएको छ । आइतबार दिउँसो जनकपुर आउनुभएका प्रदेश प्रमुख झालाई स्थानीय युवाको समूहले एक सय एक किलोको माला लगाइदिएर स्वागत गरेका हुन् ।
प्रमुख झा एखरपोर्टबाट रामजानकी मन्दिर पुग्नुभएको छ । उहाँले आइतवार नै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । पदभार ग्रहणका लागि जनकपुर आउनुभएका झालाई स्वागत गर्न प्रदेश सरकारका कोही प्रतिनिधि सहभागी थिएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रवार नेकपाको प्रचण्ड–माधव समूह निकट तिलक परियारलाई बर्खास्त गरेर झालाई नियुक्त गर्नुभएको थियो ।