मेस्सीको गोलमा बार्सिलोनाको बराबरी

जनपत्र
१० फाल्गुन २०७७, सोमबार ०६:३२

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमै काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो । ३२औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

८९ औं मिनेटमा एलेक्स फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै काडिजलाई हारबाट जोगाए । बराबरीसँगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ । बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ । काडिज २५ अंक जोडेर १४औँ स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*