हेटौंडा बजारमा सिसिटिभी मार्फत निगरानी, १७ वटा वडाहरुमा अनलाइन व्यक्तिगत घटना दर्ता

हेटौंडा । हेटौंडा बजार क्षेत्रमा पहिले जडान गरिएका सिसि क्यामेरा सबै विग्रिएपछी अहिले भने नयाँ जडान गरेर निगरानी सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले ४० लाख रुपैयाँ लागतमा ठेक्का मार्फत सिसिटिभी जडान गरेर हेटौंडाको मुख्य क्षेत्रको सहज रुपमा निगरानी गर्न सहज बनाएको मेयर हरि बहादुर महतले वताउनुभयो ।
नगरका मूख्य सडक चोकहरुमा सिसी क्यामेरा जडान गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट २४ घण्टा निगरानी गर्ने प्रणाली स्थापित गर्दै काम भइरहेको उहाँले वताउनुभयो । हेटौंडा बजार क्षेत्रमा हुने सवारी दुर्घटना, अपराधिक कृयाकलाप लगायतका घटनामा सजिलैसंग निगरानी गर्नका लागि अहिले सहज भएको मेयर महतले वताउनुभयो ।
यसैगरी सूचना प्रविधि तर्फ यस उपमहानगरपालिकाले अन्य नगरपालिका र गाउपालिकाहरुसंग सूचना आदान प्रदान गर्न सभा हलमा भिडियो कन्फ्रेस डिभाईस (टिभि, क्यामरा, कम्प्युटर) नियमित रुपमा प्रयोग गरी विभिन्न कार्यक्रमहरु भिडियो कन्फ्रेस मार्फत भई रहेको छ । स्मार्ट सिटिको रुपमा रुपमा प्रयोग गर्न सबै वडाहरुमा ६ र १२ कोर अप्टीकल फाईबर जडान भई सुचारु हुने अवस्थामा रहेको उहाँले वताउनुभयो ।
शहरी विकास मन्त्रालयको सहकार्यमा नगरको सेटलाइट इमेजखरिद गरी सबै वडाहरुको डिजिटल तयार भई छपाईको अवस्थामा रहेको छ । सेवाग्राहीले उपमहानगरपालिकाको कर तथा शुल्कहरु घरमै बसी अनलाइन प्रणाली मार्फत तिर्ने व्यवस्थाको लागि अनलाइन ट्याक्स पोर्टल निर्माण गरी सञ्चालन गर्न प्रक्रिया अगाडी बढीसकेको मेयर महतले वताउनुभयो । नगर भित्र रहेको सम्पूर्ण सामुदायिक विद्यालयहरुको शिक्षकको व्यक्तिगत विवरण, तलवी निकासा लगायत अन्य तथ्याकहरु व्यवस्थापनको लागि सफ्टवयर निर्माण प्रक्रिया अगाडी बढी सकेको छ ।