रुसी राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीको अपिल खारेज

जनपत्र
९ फाल्गुन २०७७, आईतवार ०७:२३

रुसको एक अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको अपिल खारेज गरिदिएको छ । उनले सजायका सर्त उल्लंघन गरेको मामिलाविरुद्ध अपिल गरेका थिए । नाभाल्नीलाई जर्मनीबाट उपचार गराएर रुस फर्किएपछि हिरासतमा लिइएको थियो । त्यसपछि उनलाई सजायका सर्तको उल्लंघन गरेको मामिलामा दोषि ठहर गरिएको बीबीसीले जनाएको छ ।

घातक नर्व एजेन्ट नोविचोक आक्रमण भएपछि नाभाल्नी उपचारका लागि जर्मनी गएका थिए । उनले आफूमाथि भएको उक्त आक्रमणको दोष राष्ट्रपति पुटिनमाथि लगाएका छन् । तर रुसी सरकारले नाभाल्नीको उक्त आरोप अस्वीकार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*