हेटौंडाका विपन्न तथा एकल महिलालाई आयआर्जन गर्न सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका बिपन्न तथा एकल महिलाहरुलाई आयआर्जन गर्नका लागि सहयोग गरिएको छ । उपमहानगरपालिकाले १९ वडाका १९ जना विपन्न तथा एकल महिलाहरुका लागि आयआर्जन गर्नका लागि सहयोग गरिएको मेयर हरि बहादुर महतले वताउनुभयो ।
एकल महिलाहरुलाई साना खालका व्यापार व्यवासाय गर्न, कुखुरा पालन गर्न, अन्य आयआर्जनका काम गर्नका लागि सहयोग पुगोस भन्ने उदेस्यले पहिलो चरणमा सहयोग गर्न लागिएको उहाँले वताउनुभयो । विपन्न तथा एकल महिलाहरुलाई काम सुरु गर्ने वित्तिकै १५ हजार रुपैयाँका दरले सहयोग गर्ने र समस्यामा परेका अरुलाई पनि आयआर्जनमा सहयोग गरिने मेयर महतले वताउनुभयो ।
उपमहानगरपालिका क्षेत्रमा विपन्न, गरिब परिवारका लागि बिभीन्न किसीमका तालिम दिने र आयआर्जनका लागि पनि सहयोग गरिदै आएको छ ।