भारतका २० र चीनका ४ सैनिक मृत्यु भएको झडपको भिडिओ सार्वजनिक (हेर्नुहोस्)

जनपत्र
८ फाल्गुन २०७७, शनिबार ०६:४६

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गत जुन १५ मा चिनियाँ र भारतीय सेनाबीच भएको हिंस्रक झडपको भिडिओ फुटेज सार्वजनिक गरेको छ। जुन झडपमा भारतका २० सैनिक मारिएका थिए भने बिहीबार मात्र चीनले त्यस झडपमा आफ्ना पनि ४ सैनिक मारिएको पहिलोपटक स्वीकार गरेको थियो।

भारत–चीन सीमा पूर्वी लद्दाखस्थित गलवान उपत्यकामा ८ महिनाअघि ९जुन १५० सीमा विवादका कारण दुई देशका सेनाबीच भिडन्त भएको थियो। त्यस क्रममा आफ्ना २० सैनिक मारिएको पुष्टि भारतले त्यही बेला गरेको थियो भने चीनले चाहिँ गत बिहीबार अघिसम्म आफ्ना तर्फ भएको सैनिक क्षतिबारे केही बताएको थिएन। तर बिहीबार पहिलोपटक त्यस झडपमा आफ्ना पनि ४ सैनिक मारिएको भनेर स्वीकार गरेको चीनले लगत्तै त्यस झडपको भिडिओ फुटेज पनि सार्वजनिक गरेको हो।

जारी भिडिओमा झडपमा मारिएका आफ्ना ४ सैनिकलाई सलामी दिइएको दृश्य पनि छ। दुई देशका सेनाबीच भएको झडपका साथै सैन्य अधिकारीबीच वार्ता भएको पनि भिडिओमा देखाइएको छ।

हेर्नुहोस् :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*