नोबेलमा दुरविन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया

जनपत्र
८ फाल्गुन २०७७, शनिबार ०५:५८

नोबेल शिक्षण अस्पतालले दुरविन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया गर्ने गरेको छ । अत्याधुनिक उपकरणको प्रयोगमा अग्रणी मानिने नोबेलले स्तरीय उपचारका लागि दुरविन र नेभिगेशन प्रयोग गर्ने गरेको हो ।
दुरविन र नेभिगेशनको माध्यमबाट ब्रेन ट्यूमर, ब्रेन ह्यामरेज, हाइड्रोसिफालस लगायतको अप्रेशन गर्ने गरिएको नोबेलका बरिष्ठ न्यूरो सर्जन डा।प्रकाश काफ्लेले जानकारी दिए । ‘नेभिगेशनको माध्यमबाट समस्या रहेको स्थान सजिलै पत्ता लगाउन सकिन्छ, अनि थोरैै प्वाल पारेर दुरविनको माध्यमबाट भित्र पसेर अप्रेशन गर्न सहज हुन्छ ।’ डा।काफ्ले भन्छन्– ‘यसरी अप्रेशन गर्दा टाउकोको धेरै भाग खोल्नु पर्दैन, सानो भाग खोलेर सजिलै अप्रेशन गर्न सकिन्छ ।’

डा. काफ्लेका अनुसार दुरविन र नेभिगेशन नहुँदा अप्रेशन गर्न टाउकोको धेरै भाग खोल्नुपर्ने हुन्छ । तर, दुरविनको माध्यमबाट अप्रेशन गर्दा सानो भागबाट पनि ठूलो–ठूलो अप्रेशन गर्न सकिने हुनाले विरामीलाई सहज हुने गर्छ । कतिपय अप्रेशन नाकको प्वालबाट दुरविन छिराएर पनि गर्ने गरिएको छ । नाकबाट दुरविन छिराएर अप्रेशन गर्दा बिरामीमा चोटपटक हुँदैन र बिरामी चाँडै निको हुने चिकित्सकहरु बताउँछन् ।

नोबेलले दक्षिण पूर्वी एसियामै पहिलोपटक २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेको हो । नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला ईन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकका कारण नोबेलले जटिल एवम् दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ । रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*