बहुप्राविधिक महाविद्यालय निर्माण क्षेत्रको मुख्यमन्त्रीद्धारा निरीक्षण

हेटौंडा / हेटौंडा ६ मा निर्माण हुन लागेको नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालय निर्माण गर्ने स्थलको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निरीक्षण गर्नु भएको छ । महाँबिद्यालय निर्माण चाँडै गर्ने गरी पहल थाल्नु भएका मुख्यमन्त्रीले यसको काम अगाडी बढेपछी निरीक्षण गर्नुभएको हो । आफु तत्कालिन हेटौंडा नगरपालिकाको मेयर छँदा काम सुरु गर्ने भनिएपनि काम बषौ सम्म सुरु हुन सकेको थिएन । अहिले सम्म माम नभएपछी अब मुख्यमन्त्री भएपछी यसको लागि काम सुरु गर्न पहल लिए लगतै काम सुरु भएको हो । महाबिद्यालय स्थापना हुने जग्गामा रुख काट्नुपर्ने भएपछी बषौदेखि काम रोकिएको थियो । महाबिद्यालय निर्माण गर्नका लागि काट्नुपर्ने रुख मध्यमा अब थोरै रुख मात्र काट्न बाँकी रहेको छ । रुख कटानको काम संगै अरु काम पनि अगाढी बढ्ने भएको छ ।
नेपाल र भारतको राष्ट्रपति स्तरमा २०६६ सालमा हेटौंडा उपमहानगरपालिका ६ मा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौता भएको थियो । दुई देशबीच सम्झौता भएको एक दशकसम्म पनि हेटौंडा उपमहानरपालिका–६ मा नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालयको निर्माण सुरुहुन नसकेपछि तीन नम्बर प्रदेश सरकारले समयमै निर्माणको लागि चासो देखाएको छ । त्यही क्रममा अहिले यस क्षेत्रका रुख धमाधम काट्ने काम भईरहेको छ । लामो समयदेखि रोकिएको काम गर्नका लागि मुख्यमन्त्री पौडेलको कडा निर्देशनपछी काम सुरु गरिएको हो । बिगत नौ बर्ष अगाडीनै काम सुरु गर्ने भनेर संझौता भएपनि काम भने अगाडी बढ्न सकेको थिएन । अहिले भने स्थलगत रुपमा काम सुरु भएको देख्न सकिन्छ ।
प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले भारतीय दुतावासका डिसिएम, प्रदेश सरकारका उच्च कर्मचारी, निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधी लगाएत महाबिद्यालयसंग सम्बन्धित कार्यालय, संघसंस्थाका प्रतिनीधीसँग आयोजना सुरु हुन नसक्नुको कारणबारे जानकारी यसअघि केही महिना अगाडी लिनुभयो ।