जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

जनपत्र
७ फाल्गुन २०७७, शुक्रबार ०७:४६

जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उहाँले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिएका हुन। संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उनले राजीनामा दिन लागेका हुन।

मेलियालाई गिरफ्तार गर्नु गल्ती भएको स्वीकार गरिएको छ। यस घटनालाई देशकै खतरनाक राजनीतिक घटनाको रूपमा लिइएको अधिकारीहरुले जनाएका छन्। विवादमा परेपछि जर्जियाको संसदले मेलियाको सांसद पद मंगलबार निलम्बन गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*