हेटौंडामा प्रहरीले संगित थेरापी कार्यक्रम संचालन गर्दै

जनपत्र
६ फाल्गुन २०७७, बिहीबार १८:१७

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा फाल्गुन ७ गते साँझ संगित थेरापी कार्यक्रम संचालन गर्ने भएको छ ।

बिभिन्न समस्याका कारण तनावको अवस्था महसुस गर्ने आम नागरिकहरुलाई संगित थेरापी मार्फत तनाब मुक्त बनाउने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सुक्रबार साँझ ४ बजे हेटौंडाको बुद्ध चोकमा संगित थेरापी कार्यक्रम संचालन गर्ने भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरिक्षक खडग बहादुर खत्रीले वताउनुभयो ।

बागमती प्रदेश प्रहरी व्याण्ड गुल्मद्वारा बिभिन्न प्रकारका सांगितिक धुनहरु मार्फत तनाब व्यवस्थापनको प्रयाश गरीने हुँदा उक्त कार्यक्रममा स्वास्थ्य सुरक्षाप्रति पुर्ण सावधानी अपनाउँदै उक्त कार्यक्रममा आम नागरिकहरुलाई सहभागी हुन सुसुचित गराईदिने व्यवस्थाको लागि समेत बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले अनुरोध गरेको छ ।

प्रदेश प्रहरी ब्याण्ड द्वारा बिभिन्न सांगितिक धुन मार्फत गर्न लागिएको संगित थेरापी कार्यक्रममा सहभागीताको आम नागरिकको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*