यसरी निको पार्नुहोस् घरेलु विधिबाट निरन्तर लागेको खोकी

जनपत्र
६ फाल्गुन २०७७, बिहीबार ०६:३६

मौसम परिवर्तनको समयमा रूघाखोकीले खुबै सताउँछ । अझ चिसोको समयमा रूघाखोकी लाग्नु त अधिकांश मानिसको साझा समस्या हो । कफकारक खाद्य पदार्थहरु सेवन गर्‍यौँ हाम्रो छातीमा कफ जम्मा हुन थाल्दछ । बिस्तारो बढ्दै गएर घाँटीमा काँडा बिझाएजस्तो, घाँटी चिलाएजस्तो र खाना खान कष्ट हुने र घ्यार घ्यार बढ्दै गएर खोकेको आवाज निस्किन थाल्छ यसैलाई खोकी भनिन्छ । खोकी विशेषगरी चिसोका कारण हुने हुँदा बच्चा र बुढाबुढीलाई बढी सताउने गरेको पाइन्छ ।

खोकी लाग्नुका कारकतत्व

बातकारक

हृदय, कनपटी, मस्तिष्क, उदर र पाश्र्वमा शूल चल्नु, मुख सुक्नु, शक्ति तथा आवाज नष्ट हुनु, खाना खाने समयमा घाँटीमा पीडा हुनु, सुख्खा खोकी लाग्नु, बोल्दा आधा शब्द मात्र निस्किनु आदि ।

पित्तकारक

टाउकोमा जलन, ज्वरो, मुख मलिन हुनु, मुख सुक्नु, तिर्खा लाग्नु, कटु वमन हुनु र शरीर पहेँलो हुनु आदि ।

कफकारक 

मुख कफले भरिनु, मस्तिष्क पीडा हुनु, खाना खान अरुचि हुनु, शरीर भारी हुनु, कण्ठ चिलाउनु र मुखबाट थुकमा कफका डल्लाहरु निस्किनु आदि ।

घरेलु उपचार

१। सुठोको घोल ९सुठोलाई पिसेर आठ गुना पानीमा उमाल्नुहोस्, एक चौथाई शेष रहँदा छान्नुहोस० दैनिक सेवन गर्दाले सबै प्रकारका खोकीहरु ठीक हुन्छन् ।

२। पिप्पली, हर्राको बोक्रा पोहकमूल, सुठो, कचू र नागरमोथेको चूर्ण सखरमा मिलाएर आधा ग्रामका गोलीहरु बनाउनुहोस् र दुई दुई गोली दैनिक खानाले सबै प्रकारका खोकीहरु ठीक हुन्छन् ।

३। कटियाली, गुर्जो, सुठोको घोल बनाएर पिउनाले खोकी ठीक हुन्छ । यसलाई क्षुद्रादी घोल भनिन्छ ।

४। कालो मरिच, हर्रोको बोक्रा, पिप्पली तथा सुठोलाई पिसेर सखर हालेर गोलीहरु बनाउनुहोस् । तीन गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।

५। कालो मरीच, नागरमोथे तथा सिघीमुहारालाई पिसेर बनाएको चूर्णलाई अदुवाको रससँग मिलाएर मूँगका बराबरका गोलीहरु बनाउनुहोस् । एक गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।

६। आँकको फूलको बीचको फुली र ल्वाङलाई पिसेर मूँग या चनाका बराबर गोलीहरु बनाउनुस् । एक गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।

७। कालो मरीच एक आँकको बीचको फुली— दुवैलाई पिसेर कालो मरीचका बराबर गोलीहरु बनाउनुहोस् । एक गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।

८। आँकको पात, मनसिल, सुठो, कालो मरीच र पिप्पली— यी सबै चीजहरुलाई सुर्तीसँग चिलिममा भरेर पिउनाले खोकी ठिक हुन्छ ।

९। सानो कटियाली घोल बनाएर राख्नुहोस् र त्यसमा पिप्पलीको चुर्ण हालेर दैनिक खानाले खोकी ठीक हुन्छ ।

साभार :घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*