मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको पद जोगियो

जनपत्र
५ फाल्गुन २०७७, बुधबार २०:२७

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको पद जोगिएको छ ।

उच्च अदालत पाटनको हेटौंडा इजलासमा न्यायाधीशद्वय मोहम्मद साबीर हुसेन र चण्डिराज ढकालले परमाधेश उत्प्रेषण मार्फत राजीनामा खारेज गरेको आदेश गरेसँगै उनको पद जोगिएको हो ।गत मंसिर २९ गते उपाध्यक्ष विष्टले राजीनामा दिएको भन्दै पुस १७ गते गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले राजीनामा स्वीकृत गरेको घोषणा गरेका थिए । तर उपाध्यक्ष विष्टले भने आफूले राजीनामा नदिएको दाबी गर्दै आएकी थिइन् ।

मुद्दा जितेसँगै उपाध्यक्ष विष्टलाई गाउँपालिकाको उपाध्यक्ष पदमा रहेर काम गर्न बाटो खुलेको छ । उनले राजीनामा दिएको भन्दै पदमुक्त गरिएपछि विष्टले उच्च अदालतमा मुद्दा हालेकी थिइन् । अनलाइनखवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*