तुलसीपुर उद्योग वाणिज्य संघ अध्यक्षमा चालिसे

जनपत्र
४ फाल्गुन २०७७, मंगलवार ०६:२२

दाङको तुलसीपुर उद्योग वाणिज्य संघ अध्यक्षमा रामप्रसाद चालिसे विजयी भएका छन् । नयाँ नेतृत्वका लागि शनिबार भएको मतदानबाट उनी आफ्ना प्रतिस्पर्धी हिमाल बस्नेतलाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । चालिसे ८२८ मत प्राप्त गरी अध्यक्षमा विजयी भए । बस्नेतले ७९५ मत ल्याएका थिए ।

त्यसैगरी उद्योग उपाध्यक्षमा ८६० मत ल्याएर ललितजंग शाह विजयी भएका छन् । उनका प्रतिस्पर्धी यज्ञबहादुर केसीले ७१८ मत ल्याए । त्यस्तै, वाणिज्य उपाध्यक्षमा ९७१ मत प्राप्त गरी मनिराज भण्डारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी गोकर्ण गिरीले ६०३ मत ल्याएका थिए । खुला उपाध्यक्षमा ८५६ मत ल्याएर रुद्रबहादुर खत्री विजयी भए । उनका प्रतिस्पर्धी तुलसीराम न्यौपानेले ६९२ मत ल्याएका थिए ।

त्यसैगरी महासचिवमा १०५० मत ल्याएर विनिल केसी विजयी भए । उनका प्रतिस्पर्धी केशवराज केसीले ५०७ मत ल्याएका थिए । सचिवमा ६२२ मत ल्याएर खुसलराम शर्मा विजयी भए । सचिवमा अर्का उम्मेदवार वेदप्रसाद शर्माले ३२७, दुर्गाप्रसाद भण्डारीले १६१ र सपना बस्नेतले ३१३ मत ल्याएका थिए ।

त्यसैगरी कोषाध्यक्षमा देवबहादुर केसी, सह–कोषाध्यक्षमा कमल गौतम विजयी भएका छन् । त्यस्तै, ससदस्यमा जनक रावत, पवन केसी, रुपेश शर्मा दीपेश भण्डारी, नवीन राई, निर्मला भुसाल र महिला सदस्यमा नीलम बस्नेत विजयी भएका छन् ।

१ हजार ८०६ मतदाता रहेको तुलसीपुर उद्योग वाणिज्य संघको चुनावमा १ हजार ६५९ जनाले मत हालेका थिए । नयाँ नेतृत्वका लागि संयुक्त व्यावसायिक प्यानल र प्रजातान्त्रिक प्यानल भएर दुई पक्षमा विभाजन भई निर्वाचनमा होमिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*