औषधी व्यवसायी संघ मकवानपुरको कार्यवाहक अध्यक्षमा श्रेष्ठ, महासचिवमा गुरुङ

जनपत्र
१ फाल्गुन २०७७, शनिबार १८:१८

हेटौंडा । औषधी व्यवसायी संघ मकवानपुरको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष नारायणलाल श्रेष्ठलाई दिइएको छ । यस्तै कार्यवाहक महासचिवको जिम्मेवारी संघर्ष गुरुङलाई जिम्मेवारी दिइएको छ ।

शुक्रबार भएको कार्यसमिति बैठकले अध्यक्ष र महासचिवको कार्यवाहक जिम्मेवारी तोक्ने निर्णय गरेको हो । गत पुस १८ गते भएको बागमती प्रदेश समितिको अधिवेशनले मकवानपुर जिल्ला अध्यक्ष सुधीर दाहाल र महासचिव विनोद लामिछाने प्रदेश समिति सदस्यमा निर्वाचित हुनुभएसँगै अध्यक्ष र महासचिवमा कार्यवाहक जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*