तमिलनाडुको पटाका कारखानामा आगलागी हुँदा ११ को मृत्यु, मोदीले गरे क्षतिपूर्ति घोषणा

जनपत्र
१ फाल्गुन २०७७, शनिबार ०६:५१

भारतको तमिलनाडुको शिवाकासीस्थित पटाका कारखानामा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३६ जना गम्भीर घाइते भएका छन्। भारतीय मिडियाका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्नेछ। गम्भीर घाइतेमध्ये २८ जनालाई सतुर सरकारी अस्पतालमा भर्ना गरिएको छ। जसमध्ये ४ जनाको ९० प्रतिशत शरीर जलेको छ।

‘एक जनाको उपचारकै क्रममा मृत्यु भयो,’ एक अधिकारीले भने,‘तीन जनालाई कोभिलपट्टी सरकारी अस्पताल र ६ जनालाई शिवकासी अस्पतालमा भर्ना गरिएको छ।’ उद्दार गर्ने कार्य जारी छ। आगलागी शुक्रबार बिहान पौने १२ बजेदेखि सुरू भएको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार रसायनहरू चलाउने क्रममा आगलागी भएको हो। पाँच विशेष स्वास्थ्य टोली घाइतेको उपचारका लागि घटनास्थलमा खटाइएको छ। घटना भएको केही बेरपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकको परिवारलाई दुई लाख क्षतिपूर्ति र गम्भीर घाइते भएकालाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन्। त्यस्तै, मुख्यमन्त्री इ पलानीस्वामीले पनि मृतक परिवारलाई तीन लाख र घाइते भएका लाई एक लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*