यस्तो छ सरकारले तयार पारेको सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने निर्देशिका

जनपत्र
१ फाल्गुन २०७७, शनिबार ०६:४८

सरकारले सामाजिक सञ्जालमा पोस्ट गरिएका विषयवस्तु लाइक, कमेन्ट वा सेयर गर्दा समेत विद्युत कारोबार ऐन अनुसार कारवाही गर्न सक्ने गरि सामाजिक सञ्जाल व्यवस्थापन सम्बन्धि निर्देशिका तयार पारेको छ। सरकारले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने र आलोचनालाई दबाउने मनसायले तयार पारेको निर्देशिकको प्रस्ताव सेतोपाटीलाई प्राप्त भएको छ।सरकारले तयार पारेको निर्देशिकाको प्रस्तावमा ुसामाजिक सञ्जाल प्रयोगकर्ताको दायित्वु शीर्षकको दफा नै सरकारले राखेको छ।

जसमा ‘कुनै व्यक्तिलाई निरन्तर रुपमा जिस्क्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने वा प्रापकलाई भ्रमित पार्ने कसैको मानहानी हुने, गाली बेइज्जती हुने वा सार्वजनिक छविमा आँच आउने किसिमका नक्कली, भ्रामक वा कृतिम सूचना तथ्याङ्क चित्र भिडिओ अडिओ वा सन्देश सम्प्रेषण गर्नु नपाइने उल्लेख छ। यस्ता समाग्रीमा लाइक कमेन्ट वा सेयर गर्दा समेत कारवाही गर्न मिल्ने गरि निर्देशिका सरकारले तयार पारेको हो।

सरकारले बिहिबार मात्र गोरखाको एउटा राजनीतिक कार्यक्रममा भाषण गरेको आरोपमा नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई दिनभर हिरासतमा राखेको थियो। सरकारले विद्युतीय कारोबार ऐन अन्तर्गत तयार पारेको निर्देशिकमा पनि जिस्काउने, हतोत्साहि पार्ने, सार्वजनिक छविमा आउँच आउने किसिमका नक्कली, भ्रामकु जस्ता वृहत्तर अर्थ लाग्ने शब्दहरु राखेको छ। सरकारले निर्देशिकाको अटेर गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विद्युतिय कारोबार ऐन मार्फत् कारवाही गराउन खोजेको हो।

विद्युतिय कारोबार ऐनको दफा ४७ मा अहिले नै सार्वजनिक नैतिकताका र शिष्टार विरुद्धको विषय प्रकाशन गरे १ लाखसम्म जरीबाना र पाँच वर्षसम्म कैद सजाय अथवा दुबै सजायको व्यवस्था रहेको छ। सरकारले तयार पारेको निर्देशिका जारी भए सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लेखेको तथा लाइक, कमेन्ट गरेकै कारण विद्युतीय कारोबार ऐन अन्तर्गतको सजाय भोग्नुपर्नेछ। सेतोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*