नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ

रामकुमारी झाँकी पक्राउको विरोधमा प्रचण्ड–नेपाल समूहको र्‍याली
जनपत्र
२९ माघ २०७७, बिहीबार १७:२३

काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।

बिहीवार दिउँसाे पक्राउ परेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइका लागि विभिन्न सङ्गठनले विरोध र्‍याली निकालेका छन् ।

प्रचण्ड–नेपाल समूहको अनेरास्ववियु, युवा सङ्घलगायतका सङ्गठनको अगुवाइमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालिएको हो । र्‍यालीका सहभागीहरूले नेतृ झाँक्रीको रिहाइको माग गर्दै सरकारविरुद्ध चर्का नारा लगाएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीलाई गालीगलौज गरेको भन्दै महानगरीय अपराध महाशाखाले बिहीवार दिउँसो रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेकाे भन्दै पक्राउ गरेको छ ।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*