उद्यमशिलता, रोजगारीसंगै नागरिकको जीवनस्तरमा सुधारमा प्रदेश सरकारले काम गरेको छ–प्रदेश प्रमुख प्रसाईं

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसार्इंले उद्यमशिलता विकास, रोजगारी सिर्जना, नागरिकको जीवनस्तरमा सुधार जस्ता क्षेत्रमा प्रदेश सरकार लागि परेको वताउनु भएको छ । बागमती प्रदेश सरकारको तेस्रो बार्षिकोत्सव कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै प्रदेश प्रमुख प्रसाईले बागमती प्रदेश सरकार ३ बर्षको अवधीमा सामाजिक न्यायसहितको उच्च तथा दिगो आर्थिक बृद्धि दर हासिल गर्न क्रियाशिल रहेको बताउनुभयो ।
प्रदेश सरकारले संविधानको मर्म र भावनालाई बुझेर आफ्नो काम कर्तव्य र जिम्मेवारीलाई इमान्दारीपूर्वक जनताको माझमा लैजान गरेको प्रयास जनमुखी रहेको बताउनुभयो । अहिले राजनीतिक आन्दोलन होइन शान्तिपूर्ण रुपमा आफ्नो व्यवहारिक जीवन धान्ने योजना चालेको बताउनुभयो ।
प्रदेश सरकारले प्रदेशको विभिन्न जिल्लामा राष्ट्रिय गौरवको आयोजना तथा बहुबर्षिय योजना कार्यान्वयन गर्न गरिएको प्रयास जनताबीच लोकप्रिय रहेको बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको समयमा अत्यन्तै प्रतिकुलताका विच समेत काम भएको वताउनु भएको छ । बागमती प्रदेश सरकारको तेस्रो वार्षिकोत्सब कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धेरै खालका कठिनाइका साथ पनि काम भएको वताउनुभयो ।
सरकारलाई सहयोग गर्ने भन्दा पनि असहयोग गर्ने काम धेरै भएको वताउँदै उहाँले भन्नुभयो–‘अहिलेको यो कार्यक्रममा पनि अगाडीका धेरै कुर्सीहरु खाली छन् । कुर्सी खाली गरेर माइतीघर मण्डलामा बसेका छन् । यस्तो प्रतिकुलताका विच पनि काम भएको छ ।’
प्रदेश सरकारले गरेको कामबाट निरास हुनुपर्ने कुनै कारण नरहेको उहाँले वताउनुभयो ।
तीन वर्षमा गरिएका कामको सबै विवरण आज बिमोचन भएको पुस्तकमा समेटिएको उहाँले वताउनुभयो । शुसासनको क्षेत्रमा धेरै काम भएको उहाँले वताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मभामुख सानुकुमार श्रेष्ठले यस प्रदेशमा नमुना मुलक काम भएको वताउनुभयो । विकासका निम्ती राजनीति स्थायीत्व हुन जरुरी रहेको उहाँले वताउनुभयो । विकास गर्दा जनता केन्द्रीत हुनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिब डाक्टर मानबहादुर विके लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।