‘अत्यन्तै प्रतिकुलताका विच पनि काम भएको छ’–मुख्यमन्त्री पौडेल

जनपत्र
२९ माघ २०७७, बिहीबार ११:२८

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको समयमा अत्यन्तै प्रतिकुलताका विच समेत काम भएको वताउनु भएको छ । बागमती प्रदेश सरकारको तेस्रो वार्षिकोत्सब कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धेरै खालका कठिनाइका साथ पनि काम भएको वताउनुभयो ।

सरकारलाई सहयोग गर्ने भन्दा पनि असहयोग गर्ने काम धेरै भएको वताउँदै उहाँले भन्नुभयो–‘अहिलेको यो कार्यक्रममा पनि अगाडीका धेरै कुर्सीहरु खाली छन् । कुर्सी खाली गरेर माइतीघर मण्डलामा बसेका छन् । यस्तो प्रतिकुलताका विच पनि काम भएको छ ।’
प्रदेश सरकारले गरेको कामबाट निरास हुनुपर्ने कुनै कारण नरहेको उहाँले वताउनुभयो ।

तीन वर्षमा गरिएका कामको सबै विवरण आज बिमोचन भएको पुस्तकमा समेटिएको उहाँले वताउनुभयो । शुसासनको क्षेत्रमा धेरै काम भएको उहाँले वताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मभामुख सानुकुमार श्रेष्ठले यस प्रदेशमा नमुना मुलक काम भएको वताउनुभयो । विकासका निम्ती राजनीति स्थायीत्व हुन जरुरी रहेको उहाँले वताउनुभयो । विकास गर्दा जनता केन्द्रीत हुनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिब डाक्टर मानबहादुर विके लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*