आगामी तीन दिनसम्म कुन क्षेत्रको मौसम कस्तो रहला ?, यस्तो छ मौसमविद्को पूर्वानुमान

जनपत्र
२९ माघ २०७७, बिहीबार ०७:१५

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केहि भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २९ गते ‘बिहीबार’

दिउँसो : बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू९भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू९भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ३० गते ‘शुक्रबार’

दिउँसो स् देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू९भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती स् सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू९भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन ०१ गते ‘शनिबार’

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू९भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*