म्यान्मारको सैनिक नेतृत्वलाई अमेरिकाको प्रतिबन्ध, बाइडेनले भने- सेनाले सत्ता छोड्नै पर्छ

जनपत्र
२९ माघ २०७७, बिहीबार ०६:५२

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यान्मारको सैनिक नेतृत्वलाई प्रतिबन्ध लगाएका छन् । राष्ट्रपति बाइडेनले म्यान्मारको सैनिक नेतृत्वलाई सत्ता छोड्न आग्रह गर्दै अमेरिकामा रहेको म्यान्मारको सबै फण्ड फ्रिज गर्ने घोषणा गरेका छन् । यस प्रतिबन्धमा अमेरिकामा रहेको म्यान्मारको एक खर्ब डलर फिर्ज हुने बताइएको छ ।

बाइडेनले भने, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जसमा म्यान्मारमा सत्ता हातमा लिने सैनिकहरुविरुद्ध तुरुन्त प्रतिबन्ध लाग्ने छ । यस आदेशबाट उनीहरुको व्यापारिक हित र नजिकका परिवारका सदस्य समेत प्रतिबन्धको दायरामा आउने छन् ।’ बाइडेनले आदेशको पहिलो सातामा प्रतिबन्ध लगाउने सैनिक नेतृत्वमा रहेकाहरुको पहिचान गरेर घोषणा गरिने बताए ।

साथै उनले प्रतिबन्धको कडा रुपमा लागु गर्दै म्यानमारमा हुने निर्यातमा पनि लागु गर्ने बताएका छन् । साथै आवश्यक परेमा प्रतिबन्ध थप कडा बनाउदै जनाए पनि बताएका छन् । राष्ट्रपति बाइडेनले सैन्य नेतृत्वलाई सत्ता छोड्न आग्रह गर्दै आङ साङ सुकी र राष्ट्रपति विन मिन्ट लगायतका नेताहरुलाई तुरुन्त रिहा गर्न आग्रह गरेका छन् । उनले भने, ‘सैन्य नेतृत्वले सत्ता छोड्नै पर्छ ।’

सैनिक कू को विरोधमा म्यान्मारमा प्रदर्शन चर्किदै जादा सरकारको दमन पनि बढ्दै गएको छ । प्रदर्शनकारीलाई पानीको फोहोरा, अश्रुग्यास, रबरका गोली प्रहार गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । प्रदर्शन बढ्दै गएपछि सैनिक सरकारले विभिन्न सामाजिक मिडियालाई प्रतिबन्ध लगाउनुका साथै र इन्टरनेट समेत बन्द गरेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*