भ्रष्टाचार गर्ने कसैलाइ पनि कानूनको कठघरामा ल्याउनुपर्छ–प्रदेश प्रमुख प्रसाईं

जनपत्र
२८ माघ २०७७, बुधबार १२:३९

हेटौंडा । अख्तियार दुरुपयोग अनुसंधान आयोग अनुसंधान आयोगको ३० औं स्थापना दिवसका अवसरमा आज हेटौंडामा कार्यक्रम गरिएको छ । ‘‘भ्रष्टाचार विरुद्धको सहकार्यः सुशासनका लागि अपरिहार्य’’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आयोगले आफ्नो स्थापना काल देखि नै देशको विभिन्न सरकारी निकायहरुमा बढिरहेको भ्रष्टाचारको बेतिथीलाइ नियन्त्रण गर्न धेरै कामहरु गर्दै आएको वताउनुभयो । यसको ज्वलन्त उदारहण यसै आयोगका पूर्व प्रमुख आयुक्त बिरुद्धनै अदालतमा मुद्दा दायर गरेको बाट नै प्रष्ट हुने उहाँले वताउनुभयो ।

आगामी दिनहरुमा पनि यस आयोगले भ्रष्टाचार गर्ने सानो ठूलो जो कसैलाइ पनि प्रमाणको आधारमा कानूनको कठघरामा ल्याउने कुरामा कति पनि बिचलित नभइ काम गर्नुहुनेछ भन्ने बिश्वास आफुले लिएको प्रदेश प्रमुख प्रसाईले वताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके संघियता र समग्र शासन प्रणाली संस्थागत गर्ने कार्य एवम् “सम्बृद्ध नेपाल सुखी नेपालीको“ महाअभियान सफल बनाउने कार्यमा महत्वपुर्ण योगदान पुग्ने विश्वास लिएको वताउनुभयो । भ्रष्टाचार नियन्त्रणका लागि सबै सरोकारवालाहरुसँग आयोगलाइ सहयोग र सहकार्यको लागि आग्रह गर्नुभयो ।

यस आयोगले आफ्नो स्थापना काल देखि हालसम्म गरेको कामहरुको उच्च प्रशंशा गर्दै आगामी दिनहरुमा पनि उच्च मनोबलका साथ भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न थप प्रेरणा मिलोस भनि शुभकामनापनि दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले ट्रान्परेन्सी इन्टरनेस्नलले देखाएजस्तो नेपालमा भ्रष्टाचार नभएको वताउनुभयो । भ्रष्टाचार नेपालमा नभएकोनै भने होइन तर, भारतमा भन्दा धेरै नेपालमा भ्रष्टाचार भयो भन्नु गलत रहेको वताउनुभयो । कर्मचारी अभाबका कारण प्रदेश लोकसेवा आयोगलाइ काम गर्न समस्या भएको वताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिब राधिका अर्याल, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डण्डुराज घिमिरे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नमराज घिमिरे, उच्च सरकारी वकील कार्यालय हेटौंडाका सह–न्यायधिवक्ता सन्देश श्रेष्ठ, इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी, सिटिजनजुरी मकवानपुरका अध्यक्ष देव कुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसंधान आयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयका प्रहरी नायव उपरिक्षक भिमकिरण बोगटी लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम अख्तियार दुरुपयोग अनुसंधान आयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयका निम्त्ति प्रमुख सिनियर डिभीजन इन्जिनियर अखण्ड शर्माको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*