बागमती प्रदेशमा उद्योग क्षेत्रमा थप २४ अरब १८ करोड लगानी, २ हजार ३९५ जना उद्यमी थपीए

जनपत्र
२८ माघ २०७७, बुधबार ०८:११

हेटौंडा । बागमती प्रदेशमा एक वर्षमै उद्योग क्षेत्रमा थप २४ अरब १८ करोड पूँजी लगानी भएको छ । पुँजी लगानी गर्ने २ हजार ३ सय ९५ जना उद्यमी थपीएका छन् । प्रदेशको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय अन्तरगतका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगहरुबाट एक वर्षको अवधिमा २४ अरब रुपैयाँ भन्दा धेरै लगानी भएको हो ।

यस प्रदेशमा तीन वर्षको अवधिमा १ लाख ४० हजार २ सय ९८ वटा साना र लघु घरेलु दर्ता भएको मन्त्रालयका सूचना अधिकारी नबराज पुडासैनीले जानकारी दिनुभयो । यसैगरी १२ हजार ३ सय २३ वटा नयाँ वाणिज्य फर्महरु दर्ता भएको उहाँले वताउनुभयो । ‘‘एक निर्वाचन क्षेत्र, एक उद्योग ग्राम” कार्यक्रम अन्तर्गत ५ वटा स्थानमा निर्माण थालनी गरिएको छ । १० स्थानको वातावरणीय अध्ययन सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सिन्धुलीको हरिहरपुरगढीमा ३६ सय रोपनी क्षेत्रफलको प्रदेश औद्योगिक क्षेत्रको निर्माण कार्य थालनी भएको छ।
“उद्यमीको हात, प्रदेश सरकारको साथ” भन्ने सोचका साथ बेरोजगार युवा तथा विदेशबाट फर्किएका जनशक्तिलाई लक्षित गरी उत्पादन वृद्धिका लागि रोजगारी सिर्जना र प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत १ हजार २९ वटा प्रविधि हस्तान्तरण गरिएको पुडासैनीले वताउनुभयो । १४ वटा साझा सुविधा केन्द्र तथा २१ वटा बजार घर तथा कृषि उपज विक्री केन्द्रको स्थापना भएको छ ।

शहरी क्षेत्रमा एक घर, दुई विरुवा र सबै स्थानीय तहमा “एक वडा, एक वगैंचा” अभियान कार्यक्रम अन्तर्गत १४ किलोमिटर शहरी क्षेत्रमा सडक नदी किनारमा वृक्षारोपण सम्पन्न गरिएको छ । प्रदेश सरकारले ४५ वटा महत्वपूर्ण पदमार्ग निर्माण गरेको छ । प्रदेशभर झण्डै ४३ किलोमिटर पदमार्ग गुणस्तरीय तथा पर्यटन मैत्री पदमार्ग निर्माण भएको उहाँले वताउनुभयो । २५ जडीबुटी तथा बनप्रजातीका विरूवा वितरण र हाइटेक नर्सरी स्थापना गरी २ लाख ७० हजार बहुवर्षिय बिरुवा फलफूल र जडीबुटी स्टक राखी सुरक्षित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*