मकवानपुरको बकैयामा तीन दिन र इन्द्रसरोवरमा दुइ दिन सार्वजनिक बिदा

जनपत्र
२८ माघ २०७७, बुधबार ०७:१७

हेटौंडा । मकवानपुरका दुइवटा गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा बकैया गाउँपालिकाले तीन दिन र इन्द्रसरोवर गाउँपालिकाले दुइ दिन सार्वजनिक बिदा दिएको छ ।

आफ्ना गाउँपालिकामा तामाङ समुदाय धेरै रहेकोले सार्वजनिक विदा दिएका हुन् । बकैया गाउँपालिकाले आजबाट ३ दिन माघ ३० गतेसम्म सार्वजनिक बिदा दिएको अध्यक्ष दामोदर खनालले वताउनुभयो ।

सोनाम ल्होछार मनाउनका लागी गाउँपालिका भित्र माघ २८ गतेबाट ३० गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ।

यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले सोनाम ल्होसार पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको माघ २७ गते बसेको निर्णय अनुसार माघ २९ र ३० गते सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष जिवन लामाले वताउनुभयो ।

दुई दिन गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र शिक्षण संस्थामा बिदा दिने निर्णय भएको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*