कोरोनाविरुद्धको खोप लगाउने दौडमा अमेरिका र बेलायत अगाडी

कोभिड-१९ महामारीलाई पूर्णरुपमा अन्त्य गर्नको लागि अहिले विश्वमा कोरोना खोप अभियान तीब्ररुपमा अगाडी बढाएका छन् । विश्वमा अमेरिकामा सबै भन्दा धेरै अहिले अमेरिकामा करिब ३ करोड ६० लाख ९करिब १० प्रतिशत ० मानिसलाई कोरोना खोप लगाईएको छ । बेलायत विश्वमा धेरै खोप लगाउने दोश्रो राष्ट्र रहेको छ । बेलायतमा अहिलेसम्म एक करोड १४ लाख मानिसले खोप लगाएका छन् ।
युरोपका केहि धनी राष्ट्रहरुको सुचीमा रहेका देश खोपको दौडमा पछि परेका छन् । जर्मनीमा अहिलेसम्म तीन प्रतिशत भन्दा कमि जनसंख्यालाई खोप लगाइएको छ । खोपको मामिलामा पछाडी परेको कारण युरोपेली संघको आलोचना पनि भएको छ ।स्पेनमा अक्सफोर्डरएस्ट्राजेनेकाको पहिलो खोप पुगेको छ । स्वास्थ्य मन्त्रालयको अनुसार, यसै हप्तामा खोपको १।९६ लाख डोज पुगेको छ । यसको साथै स्पेनमा छिट्टै खोप लगाउन शुरुवात हुने भएको छ । स्पेनमा यस महिना कुल १८।१० लाख खोप लगाउने तयारी गरिएको छ । एस्ट्रेजेनेका, फाइजर र मोडर्नाको खोपलाई पनि अनुमति दिईसकेको छ । तीन वटै खोपको करिब ४० लाख डोज लगाइने भएको छ ।
स्पेनमा ४।६७ करोड जनसंख्या मध्ये २९।७१ लाख कोरोना संक्रमित भएका छन् जसमा ६१ हजार ३८६ मानिसको मृत्यु भइसकेको छ । जर्मनीमा अहिलेसम्म केवल तीन प्रतिशत मानिसलाई, ३० लाख भन्दा धेरै मानिसलाई कोरोनाको खोप लगाइसकेको छ । देशको सबैभन्दा ठुलो सार्वजनिक स्वास्थ्य प्राधिकरण, रोबर्ट कोच इन्स्टिच्युटले सोमबार कुल ३२।६९ लाख मानिसलाई खोप लगाइसकेको जानकारी दिएको छ । जसमा २२।८७ लाख मानिसले पहिलो डोज र ९।८१ लाख मानिसलाई दोश्रो डोज दिइएको छ । अहिलेसम्म केवल २।८ प्रतिशत जनसंख्यालाई खोप लगाइएको छ । इटालीमा नयाँ रेड जोन बनेको छ । इटालीमा बेलायत, ब्राजिल र दक्षिण अफ्रिकी भेरियन्टको संक्रमित भेटिएपछि नयाँ रेड जोन बनाइएको छ ।
इटालीमा मानिसहरुलाई घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । मानिसहरुलाई महत्वपूर्ण काम र मेडिकल बाहेक बाहिर जान अनुमति दिएको छैन । यस नियम फेब्रिअरी २१ सम्म लागु गरिएको छ । इटालियन हेल्थ इन्स्टीट्युटको अनुसार, नयाँ स्वरूपको कोरोना संक्रमण भेटिएपछि दुई वटा राज्यमा संक्रमितको संख्या बढ्दै गएको छ ।
इटालीमा करिब २५ लाख मानिसलाईइ खोप दिइसकेको छ । विश्वमा अहिलेसम्म दश करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् । विश्वमा सात करोड भन्दा धेरै मानिस कोभिड(१९ बाट निको भएका छन् । २३ लाख ३० हजार भन्दा धेरै मानिसले कोरोनाको कारण जीवन गुमाइसकेका छन् ।