प्रेस सङ्गठनको बागमती प्रदेशका जिल्ला कमिटीमा हेरफेर, मकवानपुरमा दाहाल संयोजक र अधिकारी सहसंयोजक

हेटौंडा । प्रेस संगठन नेपाल, बागमती प्रदेश कमिटीको आज बसेको बैठकले प्रदेश भित्रका १० जिल्लाका संयोजक र सह-संयोजकको जिम्मेवारी हेरफेर गरेको छ । सङ्गठनको बैठकको निर्णयले मकवानपुरको संयोजकमा धर्मेन्द्र दाहाल र सह- संयोजकमा पुष्पराज अधिकारीलाई चयन गरेको छ ।
त्यस्तै चितवनको जिल्ला संयोजकमा सुबास पण्डित र सह(संयोजकमा कृष्ण आचार्य, काभ्रेपलान्चोकको संयोजकमा भुवन रायमाझी र सह-संयोजकमा राम शुन्दर आचार्यलाई जिम्मेवारी दिईएको छ । सिन्धुपाल्चोकको संयोजकमा बिदुर आचार्य र सह- संयोजकमा नानीराम नेपाल लाई जिम्मेवारी प्रदान गरेको छ ।
दोलखाको संयोजकमा प्रभु जिरेल, सह-संयोजकमा ताराबहादुर महत चयन भएका छन भने रामेछापको संयोजकमा बिफा तामाङ घिसिङ र सह- संयोजकमा मेखबहादुर बिकलाई जिम्मेवारी प्रदान गरेको छ । सिन्धुलीको संयोजकमा बुद्ध अछामी, सह-संयोजकमा बिनय दाहाल वाईबी त्यस्तै रसुवाको संयोजकमा बलराम घिमिरे र सह संयोजकमा प्रेम पौडेललाई जिम्मेवारी दिईएको छ ।
सो बैठकले धादिङको संयोजकमा सरोज पौडेल र सह-संयोजकमा राजन सिल्वाल तथा नुवाकोटको संयोजकमा नवदिप अजनवी र सह-संयोजकमा रुपा अर्याललाई जिम्मेवारी दिईएको छ । काठमाडौंमा सम्पन्न प्रेस संगठन नेपाल, बागमती प्रदेश कमिटीको बैठकले १ हप्ता भित्र प्रदेश भित्रका जिल्ला कमिटीको सदस्यहरुको पनि पुर्णता दिई नामावली पठाउन निर्देशन दिएको छ ।
सो बैठकले आगामी फाल्गुनको दोस्रो हप्ता भित्र प्रेस संगठन नेपालको बागमती प्रदेश स्तरिय भेला गर्ने समेत निर्णय गरेको छ । साथै बैठकले सरकारले निशुल्क उपलब्ध गराउने कोरोनाको खोप सम्पुर्ण जिल्लामा सबै पत्रकारहरुलाई तुरुन्त लगाउनका लागि आबश्यक ब्यबस्था मिलाउन अनुरोध गर्ने समेत निर्णय गरेको छ ।