हेटौंडाका किसानलाई घाँसको विउ देखि मिल्क एनालाइजर मेसिन समेत वितरण

जनपत्र
२६ माघ २०७७, सोमबार ०७:३३

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले यहाँका किसानलाई प्राथमिकता दिएर काम गरिरहेको छ । किसानलाई घाँसको विउ देखि मिल्क एनालाइजर मेसिन समेत वितरण गरिएको छ । कृषि तथा पशु विकास तर्फ नगरका सवै वडाहरुमा चालु आर्थिक वर्षको यस अवधिमा वर्षिम, जै घांसको वीउ वितरण गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

हेटौंडा ११ को दुग्ध उत्पादक सहकारी संस्थालाई मिल्क एनालाइजर मेसिन उपलब्ध गराइएको छ । चालु आर्थिक वर्षको यस अवधिमा तोरीको वीउ र गहुंको वीउ, विभिन्न तरकारीको वीउ वितरण कार्यक्रम सम्पन्न भएको मेयर महतले वताउनुभयो । यसैगरी संघीय तथा प्रदेश सरकारको सशर्त अनुदान तर्फको गाई, वंगुर र वाख्रा पकेट र आन्तरिक श्रोत तर्फको टनेल पोली हाउस निर्माण, गोठ तथाखोर निर्माण सुधार र कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तरगत कृषक समुह छनौटको काम सकिएको अब भने वितरण गरिने मेयर महतले वताउनुभयो ।

कृषि वस्तु उत्पादनको बजारीकरणलाई व्यवस्थित गर्न प्रदेश सरकार र उपमहानगरपालिकाको लागत साझेदारीमा हेटौडा ११ स्थित थानाभ¥याङमा कृषि उपज प्रशोधन तथा थोक बजार केन्द्र स्थापनाका लागि प्रदेश सरकार मार्फत टेण्डर आव्हान भई प्रक्रिया अगाडी बढीसकेकोे छ ।

कृषि उपज उत्पादनलाई मूल्य श्रृंखला विकासमा जोड दिनका लागि फलफुल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनासंग सम्झौता भई २ स्थानहरुमा चालु आर्थिक वर्षकोे स्वीकृत कार्यक्रम नियमित संचालनमा रहेको छ । नगरको कृषि क्षेत्रको तथ्यांक संकलनका लागि कृषक सुचिकरण सम्बन्धि थप कार्य अगाडी बढाउने क्रममा रहेको उहाँले वताउनुभयो ।

पशुहरुको निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम नियमित रुपमा संचालन भई रहेकोछ । चालु आर्थिक वर्षको पुस सम्ममा ब्यवसायिक कृषक समुहहरु नविकरण ७ वटा भएका छन भने ३७ वटा नयां दर्ता भएको मेयर महतले वताउनुभयो । पशु पन्छी फर्म तर्फ वंगुर फार्म ३ वटा, वाख्रा फार्म ४ वटा, गाई, भैंसी फार्म ३ वटा, कुखुरा फार्म ३ वटा र पशु पन्छी समुह २३ वटा दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

उपमहानगरपालिका क्षेत्रभित्र रासायनिक मल विक्रेता छनौटको लागि सार्वजनिक सूचनाको माध्यमवाट २५ वटा सहकारीहरुलाई मल विक्रेताको अनुमति प्रदान गरी किसानहरुलाई वडा स्तरवाट नै कृषि मल उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रका समुह, सहकारी र किसानका फर्मलाई मिनी टिलर, हाते टेयाक्टर, स्प्रेयर, पावर टिलर, धान काट्ने मेसीन, मकै रोप्ने मेसिन, च्याप कटर र ठुलो ट्याक्टरमा अनुदान रकम दिनका लागि संझौता

हेटौंडा उपमहानगरपालिकाले कृषि क्षेत्रमा परमपरागत ढंगले भन्दा पनि प्रविधिको प्रयोग गरेर काम गर्नका लागि सहयोग गर्न लागेको छ । प्रबिधिको प्रयोग गर्दै युवाहरुलाई कृषि क्षेत्रमा आकर्सीत गर्नका लागि बिभीन्न उपकरणको सहयोग गर्नका लागि संझौता गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।

किशानले परमपरागत ढंगले काम गर्दा आमदानी पनि नहुने र जनसक्ति पनि धेरै लाग्ने भएपछी स्थानीय सरकारले प्रबिधि हस्तानत्रणका लागि सहयोगका कार्यक्रम ल्याएको हो । हेटौंडाका समुह, सहकारी र किसानका फमलाई मिनी टिलर, हाते टेयाक्टर, स्प्रेयर, पावर टिलर, धान काट्ने मेसीन, मकै रोप्ने मेसिन, च्याप कटर र ठुलो ट्याक्टरमा अनुदान रकम दिन लागिएको मेयर महतले वताउनुभयो ।

हरेकलाई उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन लागेको हो । ५० प्रतिशत उपमहानगरपालिका र ५० प्रतिशत सहकारी र समुहको रकमबाट कृषि क्षेत्रमा प्रबिधिको प्रयोग बढाउन लागिएको हो । उपमहानगरपालिकाले २० वटा समुह र सहकारीलाई यो वर्ष २० लाख रुपैयाँको अनुदान सहयोगबाट कृषि क्षेत्रमा प्रबिधि भित्रयाउन लागेको हो ।

उपमहाँनगरपालिकाले हेटौंडा १२ को नबज्योती कृषक समुहलाई मिनी टिलर, हेटौंडा ९ को हाम्रो कृषि तथा पशुपालन फर्मलाई हाते ट्याक्टर, हेटौंडा १२ कै आग्रेली कृर्षक समुहलाई हाते ट्याक्टर र स्प्रेयर, हेटौंडा १८ को कालिका उद्यमी समुहलाई हाते ट्याक्टर, हेटौंडा ११ को हाम्रो कृषि सहकारी संस्था लिमीटेडलाई पाओर टिलर, हेटौंडा ७ को वनदेवि कृषि उद्यमी समुहलाई हाते ट्याक्टर र धान काट्ने मेसीन खरिदमा ५० प्रतिशत अनुदान रकम दिन लागिएको छ ।

हेटौंडा ३ को सिमलथली युवा कृषक समुहलाई धान काट्ने मेसिन, हेटौंडा ६ को गौरीटार कृषक समुहलाई हाते ट्याक्टर र धान काट्ने मेसिन, हेटौंडा ६ कै जनता कृषि सहकारी संस्थालाई पावर टिल, हेटौंडा १५ को चुरेशिखर कृषि सहकारी संस्था लिमीटेडलाई हाते ट्याक्टर, हेटौंडा १६ को हिमचुली कृषि सहकारीलाई मकै रोप्ने मेसिन, हेटौंडा १२ को गुप्तेश्वरी कृषि सहकारी संस्थाको लागि च्याप कटर र हाते ट्याक्टरका लागि अनुदान दिनका लागि संझौता गरिएको मेयर महतले वताउनुभयो ।

हेटौंडा १८ को हर्नामाडी युवा कृषि समुहलाई हाते ट्याक्टर, हेटौंडा १७ को साना किसान कृषि सहकारी संस्थालाई पावर टिलर र हाते ट्याक्टर, हेटौंडा ३ को बलदेवि कृषि फर्मका लागि पावर टिलर, हेटौंडा ११ को डाङडुङे प्रगतिशिल कृषक समुहका लागि धान काट्ने मेसिन, हेटौंडा ११ कै डाङडुङे कृषि तथा पशुपालन फर्मका लागि हाते ट्याक्टर, हेटौंडा ७ को सूर्योदय बहुउदेस्य कृषक समुहका लागि हाते ट्याक्टर, र हेटौंडा १७ को साना किसान कृषि सहकारी संस्थाका लागि ठुलो ट्याक्टरका लागि ५० प्रतिशत अनुदान रकममा संझौता गरिएको उपमहानरपालिकाका कृषि साखाका प्रमुख गंगा चौलागाईले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*