केटु हिमाल आरोहीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिने

जनपत्र
२६ माघ २०७७, सोमबार ०६:४८

पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो चुचुरो केटु हिमाल आरोहीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा केटु हिमाल र धम्पुस पिक हिमाल आरोहीलाई यही माघ २६ गते सोमबार पोखरामा बाजागाँजासहित नगर परिक्रमा गरी नागरिक अभिनन्दन गरिने भएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।
केटु हिमाल ९८६११ मिटर० मा नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते शनिबारका दिन सफल आरोहण गरी इतिहास रचेकोले त्यसको खुसियालीमा उनीहरूको हौसला स्वरुप आफूहरूले नागरिक अभिनन्दन गर्न लागिएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेका उक्त जोखिम मोलेका नेपाली आरोहीलाई सम्मान स्वरुप सोमबार पोखरा नगर परिक्रमा सहित सम्मान गरिने भएको उनले जनाए ।
हिमाल आरोहण गर्ने निर्मल पुर्जाको आरोहण दलको टिममा मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा र पेम चिरी शेर्पा रहेका छन । त्यसैगरी दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा ,दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहणबाट सोना शेर्पाले सफल आरोहण गरेका थिए ।
वल्र्डरेकर्ड अफ गिनिज बुकमा समेत आफ्नो नाम लेखाउन सफल आरोहीहरूले नेपालको नाम विश्व सामु राख्न सफल भएकाले गर्दा उनीहरूलाई आफूहरूले सम्मान गर्नं लागेको उनले जनाए । आफ्नो र आफन्तको सहयोगमा उनीहरूले आरोहणको खर्च व्यबस्थापन गरेका थिए । अध्यक्ष भट्टराईले भने “वास्तवमा यो टोलीले नेपाल र नेपालीले, गर्व गर्न लायक विश्व मान चित्रमा नेपाल र नेपालीको गौरवमय इतिहास रच्न सफल भएको छ, उनीहरू धन्यवादका पात्र समेत बनेका छन् । ”
यसैबीच, माघ ३ गते नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजनामा गरीएको धम्पुस पिक ९थापा पिक ६०१२ मिं०आरोहण कार्यक्रममा गण्डकी प्रदेशका ६ जना आरोहीहरूलाई समेत सम्मान गरिने भएको छ । आरोहण दलका सदस्यहरू टासी पासाङ्ग गुरुङ्ग, मन गुरुङ्ग, सन कुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदीप गौतम र हिरा कुमारी मल्ल रहेको कार्यक्रम संयोजक एंव टान पश्चिमाञ्चल क्षेत्रिय च्याप्टर पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए ।
आरोही दललाई पोखरा विमानस्थलमा स्वागत गरे पश्चात बाजागाजा सहित नगर परिक्रमा गरी लेकसाइड स्थित माउन्ट कैलाश रिर्सोटमा नागरिक अभिनन्दन हुने भएको छ । उक्त टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, पोखरा महानगरका मेयर मानबहादुर जिसी सहितको टोलीले सम्मान गर्ने भएको परिषद्का महासचिव रामचन्द्र शर्माले बताए । उक्त कार्यक्रमले सुस्ताको पर्यटनलाई थोरै भए पनि प्रबद्र्धन गर्न मद्धत पुृग्ने आफूहरूले विश्वास लिएको परिषदका उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताए । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेसकान्त शर्माले नेपाल र गण्डकी प्रदेशका धेरै हिमालहरूको बारेमा अझै अनविज्ञेता रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*