अख्तियारले समात्यो ‘भुरा माछा’, प्रहरी, प्राधिकरण र नापीका कर्मचारीमाथि कडा निगरानी

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘ठूला माछा’ मा हात हाल्न नसके पनि ुभुरा माछाु भने समातिरहेको छ । सुरक्षाकर्मी र विद्युत प्राधिकरणका कर्मचारीले सेवाग्राहीसँग अतिरिक्त रकम असुलेको प्रमाण सहित उनीहरुलाई पक्राउ गरी विशेष अदालतमा अभियोग दर्ता गरिएको आयोगले जनाएको छ ।
को हुन् भुरा माछा ?
जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका वडा नम्बर ४ स्थित नापी कार्यालय, कञ्चनपुरमा कार्यरत निमित्त कार्यालय प्रमुख, सर्वेक्षक हरिचन्दर ठाकुरले जग्गाको कित्ता काट गरी दिने भनी लेखापढी व्यवसायी अरुण कुमार यादवमार्फत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई सेवाग्राहीबाट पन्ध्र हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित उनीहरुलाई नापी कार्यालय कञ्चनपुरसँगैको चियारखाजा पसलबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
त्यसैगरी जिल्ला सर्लाही, बरहथवा नगरपालिका वडा नं ६ स्थित नेपाल विद्युत प्राधिकरण, बरहथवा वितरण केन्द्र सर्लाहीमा कार्यरत इलेक्ट्रिसियन ९ तहका मनोज कुमार पाण्डेले विद्युत मिटरको क्षमता बृद्धि गर्नको लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज मनोज कुमार पाण्डेलाई सेवाग्राहीबाट आठ हजार रुपैंयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगले जनाएको छ । उनी विरुध्द विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
त्यसैगरी, महोत्तरी, गौशाला नगरपालिका ५ रामनगर स्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार श्रवण बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज बरिष्ठ हवल्दार श्रवण बस्नेतलाई सेवाग्राहीसँग पन्ध्र हजार रुपैंयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई पक्राउ गरिएको आयोगले बताएको छ ।
साथै, नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत पाँचौं तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्टिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवलकिशोर राउत र दोस्रो तहका मनोहरकुमार महतोले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले सेवाग्राहीबाट पाँच हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको थाहा भएको छ ।
यसैगरी आयोगले यातायात व्यवस्था कार्यालय, जनकपुरधाममा भैरहेको “स्काभेटर र लोडर” को सवारी चालक अनुमती पत्र ९लाइसेन्स० वितरण गर्ने क्रममा सञ्चालित अन्तिम परीक्षाका परीक्षार्थीबाट अतिरिक्त रकम उठाइएको फेला पारेको छ । आयोगको टोलीले यातायात व्यवस्था कार्यालय, जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरको कोठामा खानतलासी गर्द २ लाख २३ हजार ८५० रुपैयाँ परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भनिएको थियो । धनुषा, जनकपुर उपमहानगरपालिका, वडा नं १० बस्ने बिचौलिया राज किशोर भगतको साथबाट समेत परीक्षार्थीहरुको नाम र दर्ता नं भएको कागजात सहित ५० हजार रुपैंयाँ गरी भोगेन्द्र कापर र राज किशोर भगतबाट २ लाख ७३ हजार ८५० बरामद गरेको थियो । उनीहरु सबैलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको आयोगले जनाएको छ । सरलपत्रिकाबाट