दुई प्रदेशका चार जिल्ला वासीलाई केन्द्र बनाएर जलमार्गबाट यात्रा गर्न सुरु

जलमार्गबाट मकवानपुर, सिंधुली ,रौतहट र सर्लाही जिल्लाका वासिन्दालाई यात्रा गर्न सहज
हरि हुमागाईं
१ बैशाख २०७६, आईतवार १८:२९

चन्द्रपुर, नुनथर / दुईवटा प्रदेशको चार वटा जिल्लालाई पायक पर्ने गरी बागमती नदीमा आजबाट मोटरबोट संचालनमा ल्याइएको छ । प्रदेश नम्बर ३ को मकवानपुर र सिंधुली जिल्ला, त्यस्तै प्रदेश नम्बर २ को रौतहट र सर्लाही जिल्लाको बिचमा पायक पर्ने गरी बागमती नदिबाट यात्रा गरेर गन्तब्यमा पुग्नेगरी मोटरबाट आजबाट परिक्षणका रुपमा संचालनमा ल्याइएको हो । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको नेतृत्वमा बागमती नदिबाट पनि चार जिल्लाका नागरिकलाई यात्रा गर्न सक्नेगरी मोटरबोट संचालनमा ल्याइएको हो । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँ, सिन्धुलि जिल्लाको हरिहरपुर गढी गाउँपाकिला, सर्लाहीको बागमती नगरपालिका र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका नागरिकलाई जलमार्गबाट गन्तब्य सम्म पुग्नका लागि सजिलो होस भन्ने उदेस्यले मोटरबोट संचालनमा ल्याइएको छ ।

सांसद दाहालको निर्बाचन क्षेत्र बिकाश कार्यक्रमबाट २० लाख रुपैयाँ सहयोगपछी अहिले मकवानपुरको बागमती गाउँपालिकाका स्थानिय महिलाहरुको उपभोक्ता समिति गठन गरेर मोटरबोट परिक्षणमा ल्याएको हो । राईगाउँको बागमती जलमार्ग उपभोक्ता समितिको आयोजनामा चन्द्रपुरको पर्यटकिय स्थल नुनथरमा भब्य कार्यक्रमका साथ संचालनमा ल्याईएको सांसद दाहालले बताउनुभयो ।
जलमार्ग निर्माण भएपछि बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट सञ्चालनमा ल्याइनेछ । रौतहटको चन्द्रपुर नुनथर क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्मको सात किलोमिटर क्षेत्र पैदलमार्गबाट निकै घुमाउरो पर्ने भएपछी जलमार्गबाट यात्रा गर्नका लागि मोटरबोट संचालनमा ल्याइएको जलमार्ग उपभोक्ता समितिका अध्यक्ष रिता पहाडीले बताउनुभयो । आइतबारबाट सुरु भएको मोटरबोटमा ११ सिट क्षमता छ ।

मोटरबोटको सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरकै पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । जलमार्गलाई भविष्यमा थप विस्तार गरिने र मोटरबोट पुर्ण रुपमा दुई प्रदेशका चार जिल्लाका नागरिकलाई यात्रा गर्न सहज बनाउने संगै पर्यटक पनि भित्रयाउने सभापति दाहालले बताउनुभयो । नेपालमा समुद्रसँग जोड्ने जलमार्गलाई केन्द्र सरकारले प्राथमिकता दिएको समयमा पर्यटन प्रर्वद्धन तथा स्थानीय जनताको दैनिकीलाई सहज बनाउन मोटरबोट सञ्चालनमा ल्याउन लागिएको भन्दै सभापति दाहालले जलमार्गले दुर्गम मानिने राईगाउँको जीवनशैलीलाई सकारात्मक परिवर्तन गर्ने दाबी गनुभयो ।

तत्कालको लागि यहाँ ल्याईएको जहाज यसअघि चितवनको नारायणी नदीमा सञ्चालित जहाज हो । सांसद विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत खर्च गरिने योजनामध्येबाट २० लाख खर्च गरेर जलमार्गको निर्माण गरिएको हो । ‘सडकबाटो मात्रै बिकास हैन, यसले पर्यटन प्रबर्द्धनसँगै स्थानीयलाई ब्यवसायीकता प्रदान गर्न सक्छ’ दाहालले भन्नुभयो–‘बिकासको नाममा बजेट छरेर मात्रै हुन्न नागरिकलाई रोजगार दिने कोशिस हुनुपर्छ ।’तत्कालको लागि भाडामा लिइएको मोटर बोटको मासिक २ लाख भाडा तिर्नु पर्छ । सरकार निकायबाट सन्चालन गर्दा झन्झटिलो हुने भएकोले यसको ब्यवस्थापन निजि क्षेत्रलाई दिने तयारी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*