प्रचण्ड–नेपाल समूहकाे हड्ताल : सयाैँ नेता कार्यकर्ता पक्राउ, दर्जनाैँ गाडी ताेडफाेड, केहीमा आगजनी

जनपत्र
२२ माघ २०७७, बिहीबार १९:१५

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीवार गरेकाे हड्तालमा देशभरबाट एक सय ८४ जना पक्राउ परेका छन् ।

ड्तालमा अराजक गतिविधि गर्दै हिँड्ने प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरु पक्राउ परेका हुन् । काठमाण्डौ उपत्यकाबाट मात्रै ८७ जना पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

त्यस्तै हड्तालमा प्रचण्ड–नेपाल समूहले ३० वटा गाडीमा तोडफोड तथा आगजनी गरेका छन् । जसमध्ये दुई वटा सरकारी गाडी छन् भने २८ वटा सार्वजनिक गाडी रहेका छन् । काठमाण्डौको सामाखुशीमा गुडिरहेको ट्याक्सीमा नचिनेकाे मानिसको समूहले आगजनी गरेको छ ।

काठमाण्डौ महानगरपालिका-२६ मा बिहान साढे ६ बजे प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो  । प्रहरीकाअनुसार आगजनीबाट ट्याक्सी जलेर नष्ट भएको छ ।

केही ठाउँमा सामान्य झडप पनि भएको छ । जनकपुरमा भएको झडपमा ११ जना घाइते भएका छन् । जनकपुरमा भएकाे झडप साम्य पार्न प्रहरीले गाेली नै चलाउनुपरेकाे थियाे ।

नेकपाकाे प्रचण्ड–दाहाल समूहले प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा गरिएका नियुक्ति गैर–संवैधानिक भएकाे भन्दै त्यसकाे विराेधमा बिहीवार हड्ताल घाेषणा गरेकाे हाे । अहिले हड्ताल सकिएकाे र जनजीवन सामान्य हुँदै गएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*