उच्च मनोबलका साथ खटिएका कार्यकर्ताले हड्ताल सफल बनाए : प्रचण्ड–नेपाल समूह
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीवार गरेको आम हड्ताल सफल भएको दाबी गरेको छ । जनसमर्थन, सद्भाव, सहभागिता र नेता तथा कार्यकर्ताकाे उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिएकाले आम हड्ताल सफल भएको प्रचण्ड–नेपाल समूहले दाबी गरेको छ ।
शान्तिपूर्ण आम हड्तालमा खटिएका पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, कृष्ण केसीलगायतका नेता कार्यकर्ता गिरफ्तार गरेको प्रति नेकपाले आपत्ति जनाएको छ । गिरफ्तार गरिएका नेताहरूलाई तत्काल रिहा गर्न नेकपाको प्रचण्ड–नेपाल समूहले माग गरेको छ ।’






