आमहड्ताल सफल बनाउन भन्दै प्रचण्ड पनि सडकमा

जनपत्र
२२ माघ २०७७, बिहीबार ११:०४

काठमाण्डौ – नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्कनुभएको छ ।

आफ्नो निवास नजिकै पर्ने ललितपुरको सातदोबाटो चोकमा उहाँ निस्कनु भएको हो । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

अष्टलक्ष्मी शाक्य, हितमान शाक्यलगायतका नेता कार्यकर्तालाई  प्रहरीले बिहानै पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*