(अपडेट) लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु भएको पुष्टि, चारजना घाइते

जनपत्र
१ बैशाख २०७६, आईतवार १०:०६

सोलुखुम्बु – लुक्ला विमानस्थलमा समिट एयरको विमान मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । अरु चारजना घाइते भएका छन् ।

घाइते हुनेमा विमान र हेलिकोप्टरका पाइलट छन् । बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौका लागि उड्न लागेकाे समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा विमानका कोपाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको ज्यान गएको हो ।

अर्का एकजना प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाण्डौ ल्याइएकोमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*