‘जिवनमा हार्न र फेल हुन जानिन’–मुख्यमन्त्री पौडेल

जनपत्र
१८ माघ २०७७, आईतवार १७:५९

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफुले जिवनमा हार्ने र फेल हुन नजानेको वताउनुभएको छ । आज बागमती प्रदेशसभाको तेस्रो वार्षिकोत्सब कार्यक्रममा बोल्दै उहाँले हार भन्नेकुरा आफुले बेहोर्ननै नपरेको वताउनुभयो ।

प्रदेशसभामा अविस्वासको प्रस्ताव दर्ता गरेकोमा लक्षित गर्दै उहाँले भन्नुभयो–‘लोकतन्त्रमा अविस्वासको प्रस्ताव आउनु स्वभाविक हो ।’ यस प्रदेशमा सबै भन्दा धेरै विधेयकहरु पारित भएको उहाँले वताउनुभयो । लोकसेवा आयोगको गठन गरेर काम सुरु गरिएको वताउँदै उहाँले शुसासन प्रति पनि आफुहरु सचेत रहेको वताउनुभयो । बेरुजु रकम अरु प्रदेशको तुलनामा अत्यन्त कम रहेको वताउनुभयो । पछील्लो एक वर्ष भित्रमा प्रदेशसभा भित्रमा धेरै राम्रा काम भएको मुख्यमन्त्री पौडेलले दावि गर्नुभयो ।

कार्यक्रमका सभाअध्यक्ष समेत रहनुभएका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको काम सहकार्य र समन्वयबाट मात्र भएको वताउन ुभएको छ । सरकारले गरेका काम जनताका निम्त भएको उहाँले वताउनुभयो । सबैको सहयोग निरन्तर हुनेमा उहाँले विस्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर वानियाँले सरकारले दिएको कानून निर्माणको सबै काम प्रदेशसभाले गरेको वताउनुभयो । प्रदेश नरहेमा संघीयता नरहने उहाँले वताउनुभयो । संघीय व्यावस्थाप्रति आम नागरिकले विस्वास गरेको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*