बागमती प्रदेशमा १०६ पटक मन्त्रिपरिषद् बैठक, ४६३ ओटा निर्णय

जनपत्र
१३ माघ २०७७, मंगलवार ०७:५४

हेटौंडा । बागमती प्रदेशमा झण्डै तीन वर्षको अवधिमा १ सय ६ पटक मन्त्रिपरिषद् बैठक बसेको छ । यो अवधिमा बसेका बैठकमा ४ सय ६३ ओटा निर्णय भएको छ । यस प्रदेशमा हाल सम्म कानून निर्माणमा ५८ वटा ऐन निर्माण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यो अवधिमा १९ वटा नियमावली, १६ वटा कार्यविधि, ३ वटा निर्देशिका ८ वटा आदेश गरी कुल १ सय ८ वटा कानुन तर्जुमा भएको कार्यालयले जनाएको छ ।

“सुसंस्कृत र सुखी जनता समाजबाद उन्मुख समृद्ध प्रदेश” को दुरगामी सोचलाई पुरा गर्न बागमती प्रदेशको पहिलो आवधिक योजना २०७६।७७ देखि २०८०।८१ कार्यान्वयनमा ल्याइएको छ । प्रदेश नीति तथा योजना आयोगबाट दिगो विकास लक्ष्यसहित अन्य दस्तावेज तयार भइ कार्यान्वयनमा ल्याइएको मुख्यमन्त्री कर्याालयले जनाएको छ । त्यसैगरी मुख्यमन्त्री र माननीय मन्त्रीहरू बीच, माननीय मन्त्री र सचिव बीच एवम् सबै तहका कार्यालय प्रमुखसँग कार्य सम्पादन करार संझौता भएको र त्यसै अनुसार कार्यान्यन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*