बंशगोपालको १५ औ भेला

जनपत्र
३० चैत्र २०७५, शनिबार १७:१३

हेटौंडा / हेटौंडा ६ चौघडामा रहेको बंशगोपाल माबिको १५ औ अभिभाबक भेला आज भएको छ । भेलाको उध्घाटन् प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्नु भयो । भेलाका अबसरमा पौडेलले सरकारी बिद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउनु अहिलेको आबस्यक्ता रहेको बताउनुभयो । अहिलेको यो शिक्षा भन्दा पनि प्राबिधिक शिक्षा अहिलेको अपरिहार्य आबस्यक्ता रहेको पौडेलले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*