नेपालगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

जनपत्र
१२ माघ २०७७, सोमबार ०६:२१

बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले चालू आवको ६ महीनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले पुस मसान्तसम्ममा लक्ष्यभन्दा दुई अर्ब ३२ करोड बढी राजस्व असुली गरेको हो ।

भन्सार कार्यालयले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सात अर्ब ५८ करोड राजस्व असुलीको लक्ष्य पाएकोमा ९ अर्ब ९० करोड संकलन गरेको हो, जुन निर्धारित लक्ष्यभन्दा ३० दशमलव ६० प्रतिशत बढी हो ।

चालू आर्थिक वर्षको पहिलो महीना १७७ प्रतिशत राजस्व असुली गरेको नेपालगञ्ज भन्सारले राजस्व असुली कम हुने पुस महीनामा समेत १३० प्रतिशत राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । भन्सार कार्यालयको यस वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजस्व असुली गर्ने लक्ष्य छ । राजस्व संकलनको अवस्था हेर्दा उक्त लक्ष्य सजिलै हासिल हुने देखिएको कार्यालयले बताएको । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*