भर्खरको सिसु सुत्न कोक्रो नपाए जस्तैगरी प्रदेश सरकारले समस्या भोग्यो –मुख्यमन्त्री पौडेल

हेटौंडा / प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार बाल्य अबस्थामानै रहेको बताउनु भएको छ । स्थानीय सरकार र संघिय सरकारको लामो इतिहास भएपनि प्रदेश सरकार भर्खर स्थापना हुँदाको समयमा निकै चुनौती भएको बताउँदै उहाँले भन्नुभयो– भर्खर जन्मीएको बच्चालाई सुत्नका लागि कोक्रो समेत नभएको जस्तैगरी प्रदेश सरकार स्थापना हुँदा बस्ने स्थान समेत नभएको अबस्थाबाट यो अबस्थामा ल्याइएको हो ।’
यो सरकारले काम गरेन भन्नु बेकार भएको समेत उहाँले बताउनुभयो । नेपाल रेडक्रस सोसायीटी प्रदेश ३ को प्रदेश सभाको प्रथम अधिबेशनको आज हेटौंडामा उध्घाटन् गर्दै उहाँले अहिले यो प्रदेश उत्कृष्ट प्रदेशको रुपमा अगाढी बढेको दाबि गर्नुभयो । अबको चार बर्ष भित्रमा आफुहरुले चाहेको काम पुरा गरेरै छोड्ने उहाँले बताउनुभयो । प्रदेश तहमा ४० प्रतिशत जती समेत कर्मचारी आईनपुगेको उहाँले बताउनुभयो । अहिले सम्म प्रदेश सरकारले गरेका कामको सिर उचो हुने गरी गरिएको बताउनुभयो ।
बिपद ब्याबस्थापनको क्षेत्रमा रेडक्रस सबै भन्दा पहीले पुग्नुपर्ने संस्था भएकाले त्यही अनुसार काम गर्न निर्देशन दिनुभयो । सामाजिक काममा सबै भन्दा अगाढी पुग्नका लागि आग्रह गर्दै उहाँले रेडक्रसको लोगो लगाएपछी त्यही अनुसार काम गर्नुपर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी प्रदेश ३ तदर्थ समितिका संयोजक कृष्ण गोपाल लागेजुको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका केन्द्रीय महामन्त्री देबरत्न ध्वाख्वा, कोषाध्यक्ष देबेन्द्र प्रधान, उपमहामन्त्री हरि पौडेल, नेकपा मकवानपुरका नेता बद्री लंसाल, गैरसरकारी संस्था महासंघका बुद्ध लामा, रेडक्रश मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने लगायतकाले मन्तब्य ब्यक्त गर्नुभयो ।