पश्चिमी वायुको प्रभाव देखिए पनि पानी पर्ने सम्भावना कम

काठमाण्डाै – नेपालमा पश्चिमी वायुको प्रभाव देखिए पनि पानी पर्ने सम्भावना भने कम देखिएको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले बिहानीपख सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको भए पनि दिउँसोपखबाट मौसम खुल्दै गएको र धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।
नेपालमा हिजो बेलुकी प्रवेश गरेको पश्चिमी वायु भोलिदेखी नै कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । आज तराईका जिल्लामा लागेको हुस्सु र कुहिरो पनि दिउँसोपखबाट हटेर धेरैजसो ठाउँमा घाम लागेको छ । केही दिनदेखि दिनभर हुस्सु कुहिरो लागेको तराईका जिल्लामा आज भने दिउँसोपखबाट हुस्सु कम भएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
लामो समयदेखि पानी नपर्दा किसानहरुको हिउँदे बालीमा सुख्खा लाग्नुको साथै वातारण प्रदुषण समेत बढिरहेकोले यसबेला पानी परेमा फाइदा पुग्ने मौसमविद्हरु बताउँछन् ।