‘भिजन एक्सलेन्स अवार्ड’बाट डा. रुइतसहित तीनजना सम्मानित

जनपत्र
१० माघ २०७७, शनिबार ०६:२८

नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघले ‘भिजन एक्सलेन्स अवार्ड’बाट तीन डाक्टरलाई सम्मान गरेको छ । अस्पताल र संघले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका डा सन्दुक रुइत, प्राडा रामप्रसाद पोखरेल र डा गोपालप्रसाद पोखरेललाई सम्मान गरेको हो । उनीहरुलाई पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्मान गरेका हुन ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले आँखामा हुने रोग जटिल भएको भन्दै आँखाको स्वास्थ्यका लागि सबैले ध्यान दिनुपर्ने उल्लेख गरे ।संघका अध्यक्ष प्राडा चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उनीहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताए । सम्मानित डा रुइत तिलगङ्गा इन्ष्टिच्युट अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुन भने प्राडा रामप्रसाद नेपाल आँखा अस्पताल र संघका संस्थापक मध्येका एक हुन । त्यसैगरी डा गोपाल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं संघका कार्यकारी सदस्य हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*