बागमती प्रदेशको हिउँदे अधिवेसन आज देखि सुरु हुँदै
हेटौंडा । बागमती प्रदेशको हिउँदे अधिवेशन आज दिउसो ३ बजेबाट सुरु हुँदैछ । वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बस्न लागिएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूह र अरु केही सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रक्रिया अघि बढाउन माग गरे पनि त्यसो नहुने भएको छ ।
प्रदेश सभाको ुविजनेश तय गर्न बसेको कार्य व्यवस्था परामर्श समतिको बैठकले अविस्वासको प्रस्तावसम्बन्धी कार्यविधि बनाएर अघि बढ्ने निर्णय गरेसँगै अविस्वासको प्रस्ताव पेश नहुने भएको हो । अविस्वासको प्रस्तावबारेको मत विभाजनका लागि समितिको बैठकले कार्यविधि बनाउने अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।
आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउने, विधेयक प्रमाणिकरणको पत्र पढेर सुनाउने, प्रदेश प्रमुखले कार्यभार तोकेको पत्र पढेर सुनाउने, सातौं अधिवेशनको अवसरमा प्रत्येक दलका नेताले शुभकामना दिने र दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि स्वीकृत गर्ने कार्यसूचिमा सहमति भएको कार्यव्यवस्था परामर्श समितिका सदस्य समेत रहेका नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामाले बताउनुभयो ।
त्यस्तै, मूख्यमन्त्री डोरमणी पौडेलमाथि परेको अविश्वासको प्रस्तावबारे निर्णय गर्न कार्यविधि समिति गठन भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन ‘अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति’ गठन गर्ने निर्णय गरेको हो ।
बैठकले नेकपाका मूख्य सचेतक केशव पाण्डे, सचेतक बुद्धिमान माझी, नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामा, सांसद राजेन्द्र पाण्डे, गणेश दुलाल, रिता माझी, रिना गुरुङ, शोभा शाक्य र प्रदेशसभाका सचिव कृष्णहरी खड्का रहेको समिति गठन गरेको छ ।






