हेटौंडा बसामाडीका बस्नेतलाई कृतिम खुट्टा वितरण

जनपत्र
६ माघ २०७७, मंगलवार ०९:१९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–३ बसामाडी बस्ने इन्द्रबहादुर बस्नेतलाई  कृतिम खुट्टा हस्तान्तरण गरेको छ । वषौंदेखि घुडामुनीबाट एउटा खुट्टा गुमेकाले सजिलैसंग हिडडुल गर्नका लागि समस्या भएकाले अब सहज होस भन्ने उदेस्यले कृतिम खुट्टा वितरण गरिएको हो । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बस्नेतलाई कृतिम खुट्टा हस्तान्तरण गर्नुभयो ।

कृतिम खुट्टा हालेपछी हिडडुल गर्न सहज र सजिलो समेत भएको छ । पहिले प्रयोग गर्दै आएको कृतिम खुट्टाले निकै दुख्ने र काम समेत गर्नका लागि समस्या भएको थियो । आज मेयर महतले कृतिम खुट्टा हस्तान्तरण गरेपछी बस्नेत निकै खुसी समेत हुनु भएको छ ।

उपमहानगरपालिकाले उहाँसंगै अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर, बैसाखी, सेतो छडी लगायतका सामाग्री वितरण गर्दै आएको छ । सक्ने सपाङ्ग व्यक्तिहरु आफैले काम गर्ने, तर, नसक्ने अपाङ्गता भएका व्यक्ति दुखी गरिव समेत हुने र उनीहरुका लागि सरकारको अनुभुती दिलाउनका लागि सहयोग गरिदै आएको मेयर महतले वताउनुभयो । हेटौंडामा अपाङ्गता भएका व्यक्तिलाई परेका हरेक समस्यामा हातेमालो गर्न आफुहरु तयार रहेको वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*