मखमल तथा ढाकाको जुत्ता चपल बनाउने एक महिने तालिम हेटौंडामा सुरु

जनपत्र
६ माघ २०७७, मंगलवार ०९:१५

हेटौंडा । मखमल तथा ढाकाको जुत्ता चपल बनाउने एक महिना सम्मको तालिम हेटौंडामा सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको आयोजानमा भर्एको तालिमको उद्घाटन् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गर्नुभयो । तालिम लिएर यो सिपलाई व्यावहारमा उतार्दै स्वरोजगार बन्नका लागि मेयर महतले आग्रह गर्नुभयो ।

तालिमका लागि तालिम भन्दा पनि एक महिना सम्म सिकेर काम गर्नका लागि उहाँले आग्रह गर्नुभयो । धेरै प्रकारका तालिम हुने र सहभागिता जनाइरहनु भन्दा पनि आफै उद्यम गर्नेहरुलाई स्थानीय सरकारले सहयोग गर्ने मेयर महतले वताउनुभयो । कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*