हेटौंडाका सिमेन्ट उद्योगले खानी क्षेत्रमा रुख सखाप पार्दा पनि कार्बाही भएन

सार्बजनिक जग्गामा बनाउन लागिएको विद्यालय भवन भत्काउने डिभीजन वन कार्यालय हेटौंडाले सिमेन्ट उद्योगले खानी क्षेत्रमा जंगल क्षेत्र सखाप पार्दा पनि रमिते वनेर बसेको छ ।
जनपत्र
६ माघ २०७७, मंगलवार ०९:०८

हेटौंडा । वन क्षेत्रमा सामुदायिक विद्यालय निर्माण गरेको भन्दै भत्काउने डिभीजन वन कार्यालय हेटौंडाले निजी क्षेत्रले वन सखाप पार्दा समेत चुप लागेर वसेको छ । मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्बर १ मा वनदेबि आधारभूत विद्यालयको निर्माण गर्दै गरेको भवन भत्काउने वन कार्यालयले हेटौंडाको हटियामा रहेको शिबम सिमेन्ट उद्योग र हेटौंडा सिमेन्ट उद्योगले खानी क्षेत्रमा वन क्षेत्र सखाप पार्दा समेत रमिते वनेर बसेको स्थानीय वासिन्दाहरुले वताएका छन् ।

शिबम सिमेन्ट उद्योगले मकवानपुरगढीको सुकौरामा रहेको खानीमा चुनढुङ्गा उत्खनन् गर्ने क्रममा जंगलका रुख समेत कटान गरेको छ । उत्खनन् गरेपछी ओभरबडेन फाल्नेक्रममा सयौ रुखका विरुवा मरेका छन् । जंगल क्षेत्रनै तहसनहस भएको छ । तर, यसको नियन्त्रण गर्नुको सट्टा डिभीजन वन कार्यालय हेटौंडाका प्रमुख इमानाथ पौडेल कानमा तेल हालेर बसेका छन् ।

सार्बजनिक बिद्यालय भत्काउन वन रक्षक लिएर गएका पौडेल शिबमले खानी क्षेत्रमा सयौ रुख कटान हुँदा समेत चासो नदिएको स्थानीयको आरोप छ । गरिबका छोराछोरी पढ्ने सामुदायिक विद्यालय निर्माण गर्न लाग्दा भत्काएको र पुरानो बिद्यालय भवन समेत भत्काएपछी यस क्षेत्रका एक सय ७ जना बालबालिका बिद्यालय जान पाएका छैनन् ।

तर, शिबमको खानी क्षेत्रमा चुनढुङ्गा उत्खनन्पछी ओभरबटम बाहिर फाल्दा केही समस्या आएपनि रुख भने कटान नभएको डिभीजन वन कार्यालय हेटौंडाका सूचना अधिकारी अच्युत उपाध्याय वताउनुहुन्छ । अहिले पनि शिबमको खानी क्षेत्रमा रहेका रुख र साना बिरुवा खानीकै कारण सखाप भएको छ ।

खानी बिभागसंग स्वीकृति लिएको भन्दा धेरैक्षेत्र शिबमले ओगटेको स्थानीय प्रतक्षदर्सीहरु वताउँछन् । स्वीकृति लिएको भन्दा धेरे क्षेत्र ओगटेर काम गरेको भन्ने आफुहरुलाई जानकारी नभएको उपाध्यायले वताउनुभयो । यसैगरी हेटौंडा सिमेन्ट उद्योगले प्रयोग गरेको भैसेको ओख्रेखानी पनि वन क्षेत्र समेत प्रयोग गरेर ठेकेदारले चुनढुङ्गा उत्खनन् गरेको स्थानीय वासिन्दाले वताएका छन् । यस खानीको पनि ओभरबडेन जंगल क्षेत्रमा फालेका कारण रुख र साना विरुवाहरु मरेका छन् ।

यसैगरी हेटौंडा सिमेन्ट उद्योगले मकवानपुरगढीको मजुवा खानीमा पनि उत्खनन्को जिम्मा पाएको कम्पनिले बिगतका वर्षहरुमा सबै वन क्षेत्रमा उत्खनन् गर्दा पनि चासो दिएको थिएन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*