डाक्टरकाे आन्दोलनले बिरामीको बिचल्ली

जनपत्र
२९ चैत्र २०७५, शुक्रबार १०:३९

काठमाण्डाै – देशभरका सरकारी डाक्टरले आकस्मिक बाहेकका कक्षमा सेवा वहिष्कार गर्दा बिरामीको बिचल्ली भएको छ । वृत्ती विकासमा असर गर्नेगरी समायोजन गरिएको भन्दै सरकारी डाक्टरले गएको शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा वहिष्कार गर्दा बिरामीको बिचल्ली भएको हो ।

काठमाण्डाैको वीर अस्पतालको प्राङगणमा टिकट बिनै विरामी जाँच गरे पनि शल्यक्रिया, डायलासिसलगायतका अति आवश्यक सेवा नपाउँदा बिरामीको ज्यानै जोखिममा परेको छ । तर आन्दोलनरत डाक्टरले भने आफ्नो माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने अडान लिएका छन् ।

सरकारले पनि कर्मचारी समायोजनको काम सकिएकाले यसमा पुनविचार नगर्ने भन्दै आन्दोलन फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ । सरकारी डाक्टरको आन्दोलनमा नेपाल चिकित्सक संघले पनि साथ दिएको छ ।

उज्यालोबाट समाचार साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*